विराटनगर, ९ असोज। चाडपर्व नजिकिँदै गर्दा वीरगन्ज भन्सार नाकामा लामो समयदेखि थन्किएका नयाँ सवारीसाधन जाँचपास भई छुट्ने क्रम तीव्र बनेको छ । दसैं–तिहारमा नयाँ सवारीसाधन खरिद–बिक्री बढ्ने परम्पराले भन्सार नाकामा थन्किएका जिप, कार, भ्यान, बस तथा ट्रक चेसिस जस्ता सवारीसाधन छुट्न थालेका हुन् । यसले राजस्व असुलीमा पनि सकारात्मक प्रभाव पारेको भन्सार कार्यालयले जनाएको छ ।
यो वर्ष भने इन्धनमाथि निर्भर सवारीभन्दा विद्युतीय सवारीसाधन बढी छुटिरहेको देखिन्छ । वीरगन्ज भन्सार कार्यालयका अधिकृत अमित तिवारीका अनुसार सिर्सिया सुक्खा बन्दरगाह परिसरमा रहेका १०४ वटा जिप, कार र भ्यानमध्ये धेरैजसो विद्युतीय सवारीसाधन धमाधम छुट्दै छन् । “दैनिक विद्युतीय सवारी छुटिरहेका छन्, थप २० वटा भित्रैका दिनमा छुट्ने तयारीमा छन्,” उनले भने । बाँकी ७५ वटा विद्युतीय सवारी पनि जाँचपास प्रक्रियामा रहेको उनले जानकारी दिए ।

सुक्खा बन्दरगाहमा रहेका विद्युतीय सवारीमध्ये चिनियाँ कम्पनी डिपलका सवारी बढी रहेका छन् । त्यस्तै केही टोयोटा कारसहित इन्धनमा चल्ने सवारी पनि छुटेको भन्सारले जनाएको छ । तेस्रो मुलुकबाट आयात भएका ल्यान्डरोभरका महँगा सवारी भने तत्काल छुट्ने सम्भावना कम देखिएको छ ।
उता एकीकृत सुरक्षा जाँच चौकी परिसरमा पनि करिब ४५ वटा जिप, कार र भ्यान रहेका छन् । तीमध्ये केही इन्धनमा चल्ने सवारी जाँचपास प्रक्रियामा छन् ।

नयाँ सवारीसाधन आयात र जाँचपासले वीरगन्ज भन्सारको राजस्व असुलीमा हरेक वर्ष महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यस वर्ष विद्युतीय सवारीसाधनको बढ्दो आयातले राजस्व वृद्धिसँगै बजारमा विद्युतीय सवारीको माग उच्च रहेको संकेत दिएको अधिकारीहरू बताउँछन् ।

https://shorturl.fm/pAMhE
https://shorturl.fm/wYxI4
https://shorturl.fm/4sD2i
https://shorturl.fm/wHnna
https://shorturl.fm/BMR4Z