Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी प्रणाली लागू, कार्यदक्षता बढ्ने

विराटनगर, १० असोज । अर्थ मन्त्रालयले आजदेखि सबै टिप्पणी डिजिटल प्रणालीमार्फत गर्ने निर्णय गरेको छ। अर्थमन्त्री रामेश्वर खनालको पहलमा शुक्रबारदेखि डिजिटल टिप्पणीको औपचारिक सुरुआत गरिएको हो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यस प्रणाली लागू भएपछि मन्त्रालयभित्रका दैनिक प्रशासनिक कार्यमा कागजी प्रक्रियाको आवश्यकता समाप्त हुने भएको छ। डिजिटल प्रणालीले समय र खर्च दुबै बचत गर्ने मन्त्रालयले जनाएको छ। अब कुनै पनि टिप्पणी वा प्रस्ताव तयार गर्न, प्रिन्ट गरेर विभागीय प्रमुख वा अधिकारीलाई पेश गर्ने पुरानो झन्झट अन्त्य हुनेछ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

डिजिटल टिप्पणीको मुख्य लाभ तीन बुँदामा देखिने बताइएको छ। पहिलो, कागज प्रिन्ट गर्ने खर्च र समय बचत हुनेछ। दोस्रो, टिप्पणीलाई हातैमा लिएर कोठा–कोठा पुग्नुपर्ने बाध्यता हट्नेछ र काम छिटो–छरितो हुने छ। तेस्रो, सम्पूर्ण प्रक्रिया पारदर्शी र सजिलो हुनेछ। कुनै टिप्पणी कहिले उठ्यो, कहिले सदर भयो भन्ने सम्पूर्ण विवरण प्रणालीमा स्वतः सुरक्षित हुनेछ।

पहिल्यै नै मन्त्रालयले डिजिटल हस्ताक्षर र टिप्पणी प्रणाली लागू गर्ने योजना बनाएको भए पनि कार्यान्वयन ढिलाइ हुँदै आएको थियो। तर, अर्थमन्त्री खनालले तत्काल कार्यान्वयन गर्न निर्देशन दिएपछि आजबाट यो प्रणाली औपचारिक रूपमा लागू भएको हो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मन्त्रालयको विश्वास छ, डिजिटल प्रणालीले निर्णय प्रक्रियामा पारदर्शिता र कार्यक्षमता दुवैलाई उच्च स्तरमा पुर्‍याउनेछ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

4 thoughts on “

Copyright © 2025 expressnewznp

अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी प्रणाली लागू, कार्यदक्षता बढ्ने”

Leave a Reply

Your email address will not be published. Required fields are marked *