विराटनगर, असोज १० । मोरङ प्रहरीले चाडपर्वलाई लक्षित गर्दै अवैध जुवातास नियन्त्रणमा कडाइ थालेको छ। यसै क्रममा विराटनगर महानगरपालिका–८ मधुमारास्थित गोविन्द राजवंशीको घरमा तास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा गएको टोलीले बिहीबार साँझ ६ः३० बजेतिर गोप्य सूचनाका आधारमा छापा मारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१२ का ३७ वर्षीय अनिलबाबु कुँवर, विराटनगर–८ का ६० वर्षीय पदम भट्टराई, सोही स्थानका ५० वर्षीय गोपाल मण्डल, ६० वर्षीय शंकरप्रसाद ओझा, ४२ वर्षीय छत्रबहादुर बस्नेत, भोजपुर साल्पासिलिछो गाउँपालिका–१ घर भई विराटनगर–८ बस्ने ४३ वर्षीय शंकर थापा, सोही स्थानका ४२ वर्षीय कपिल खड्का र मोरङ कटहरी गाउँपालिका–१ का ४० वर्षीय सन्तोषकुमार भट्टराई रहेका छन्।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पक्राउ परेकाको साथबाट ९७ हजार १ सय ६५ रुपैयाँ नगद र पाँच बुङ तास बरामद गरिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चाडपर्व नजिकिँदै गर्दा जुवा लगायतका गतिविधि बढ्ने भएकाले निगरानी अझ कडाइ गरिएको छ।

https://shorturl.fm/NXqOb
https://shorturl.fm/9JuuE
https://shorturl.fm/GVutv