Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

चैते धानको उत्पादन दोब्बर, तर बिक्री र मूल्यमा संकट

विराटनगर, १० असार। चालु आर्थिक वर्षमा चैते धानको उत्पादन दोब्बर भए पनि बजारमा बिक्री र मूल्यमा संकट उत्पन्न भएको छ । उत्पादन वृद्धि भएसँगै मागमा कमी आएको र बजार मूल्य घटेपछि किसानले लगानी उठाउन नसकेको गुनासो गरेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गत वर्ष दुई लाख मेट्रिकटन उत्पादन भएको धानको माग उच्च भएकाले किसानले राम्रो आम्दानी गरेका थिए । त्यसैका आधारमा किसानले यस वर्ष चार लाख मेट्रिकटनभन्दा बढी धान उत्पादन गरेका छन् । तर, मागअनुसार आपूर्ति नहुँदा भण्डारण तथा बिक्रीमा समस्या देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सरकारले धानको उत्पादन लागत, बीउ, सिंचाइलगायत पक्षको मूल्यांकन गर्दै गत वर्ष प्रतिक्विन्टल २ हजार ८०८ रुपैयाँ समर्थन मूल्य तोकेको थियो । यस वर्ष भने प्रतिक्विन्टल २ हजार ८५८ रुपैयाँ समर्थन मूल्य तोकिएको छ । तर, बजारमा अहिले धान प्रतिक्विन्टल १ हजार ८०० रुपैयाँमै बिक्री भइरहेको छ ।

कृषि मन्त्रालयले धान खरिद गरी भण्डारण तथा वितरण गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ भने अर्थ मन्त्रालयमार्फत आवश्यक रकम उपलब्ध गराउने तयारी भइरहेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अखिल नेपाल किसान महासंघका इन्चार्ज बलराम बाँस्कोटाले सरकारलाई किसानको लगानी सुरक्षाका लागि तुरुन्त वैकल्पिक समाधान खोज्न आग्रह गर्नुभएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *