Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अदालत पुनर्निर्माणलाई सरकारको प्राथमिकता, ६२ मध्ये २४ भवन प्रयोगअयोग्य घोषित

विराटनगर, १० असोज । भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनामध्ये अदालत भवनलाई पहिलो प्राथमिकतामा राखी पुनर्निर्माण गर्ने सरकारी योजना अघि बढाइएको छ । आन्दोलनका क्रममा सर्वोच्च अदालतदेखि जिल्ला र विशेष अदालतसम्मका संरचना आगजनी र तोडफोडबाट गम्भीर रूपमा प्रभावित भएका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

शहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा नेपाल इन्जिनियर्स एसोसिएसनलगायतको टोलीले हालसम्म २५ कार्यालयअन्तर्गतका ६२ भवनको अवलोकन गरेको छ । जसअनुसार २४ भवन तत्काल प्रयोगयोग्य नरहेको निष्कर्ष निकालिएको छ । ती भवनमा रातो स्टिकर टाँसिएको छ भने १४ भवनमा आंशिक मर्मत आवश्यक देखिँदा पहेंलो स्टिकर, र २२ भवनमा सामान्य मर्मत गरेर प्रयोग गर्न मिल्ने भन्दै हरियो स्टिकर टाँसिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

रातो स्टिकर लागेका संरचनामा प्रधानमन्त्री निवास परिसरका दुई भवन, प्रधानन्यायाधीश आवासभित्रको सहायक भवन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिम भाग, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, स्वास्थ्य मन्त्रालय, नेपाल बार एसोसिएसन र यातायात व्यवस्था विभाग समेत परेका छन् ।

आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन र अतिविशिष्ट व्यक्तिहरूको आवाससहित ५५ संरचना क्षतिग्रस्त भएको तथ्यांक आएको छ । प्रारम्भिक आकलनअनुसार निजी र सरकारी सम्पत्तिसहित एक खर्बभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन गरेर सरकारले यसलाई अघि बढाएको छ । अर्थमन्त्रीको नेतृत्वमा गठित समितिले अदालत भवनलाई सर्वप्रथम पुनर्निर्माण गर्ने निर्णय लिएको छ । सर्वोच्च अदालतको सम्पूर्ण कागजपत्र नष्ट भएकाले हाल अस्थायी रूपमा पाल मुनिबाट सेवा सञ्चालन भइरहेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

2 thoughts on “

Copyright © 2025 expressnewznp

अदालत पुनर्निर्माणलाई सरकारको प्राथमिकता, ६२ मध्ये २४ भवन प्रयोगअयोग्य घोषित”

Leave a Reply

Your email address will not be published. Required fields are marked *