Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

२८ दिनमै फिक्का गृहमन्त्रीको निर्देशन, जोगवनी नाकाबाट पुनः खुलेआम तस्करी

विराटनगर, २८ जेठ— जोगवनी–विराटनगर सीमा नाकाबाट भइरहेको तस्करी नियन्त्रण गर्न २९ दिनभित्र कडा कदम चाल्न गृहमन्त्री रमेश लेखकले दिएको निर्देशन २८ दिनमै फिका देखिएको छ। सुरक्षाकर्मीहरूको संलग्नता र लापरवाहीका कारण सीमाबाट पुनः खुलेआम तस्करी सुरु भएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

विराटनगरमा बैशाख ३१ गते सम्पन्न कोसी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री लेखकले सीमा नाकालाई पूर्ण रूपमा तस्करमुक्त बनाउने चेतावनी दिएका थिए। त्यसको भोलिपल्टदेखि एक साता सीमा क्षेत्रमा निगरानी कडा पारिएको थियो। जेठ १ देखि ७ सम्म भारतीय बजारबाट एक सय रुपैयाँभन्दा बढी मूल्यका सामग्री ल्याउन रोक लगाइएको थियो। तर, हाल पुनः तस्करी जस्ताको त्यस्तै रूपमा जारी छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

स्थानीय व्यापारीहरूका अनुसार दैनिक करोडौं मूल्यका सामग्री बिना भन्सार नेपाल भित्रिरहेका छन्। “झोलामा राखिएको सामग्रीलाई घरेलु भन्दै प्रहरीले आँखा चिम्लिरहेको छ,” विराटनगरका किराना व्यवसायी अविनाश यादवले बताए।

भारतीय बजारको तुलनामा सस्तो मूल्यका कारण नेपाली उपभोक्ता भारततर्फ आकर्षित छन्। यसको सीधा असर नेपाली बजारमा देखिएको छ, जसले व्यापार मन्दी ल्याएको व्यवसायीहरूको गुनासो छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यसअघि गृहमन्त्री रवि लामिछानेको कार्यकालमा पनि सीमामा कडाइ गरिएको थियो तर त्यो पनि दीर्घकालीन बन्न सकेन। चाडपर्व वा अन्य बहानामा सीमाबाट तस्करी यथावत् भइरहँदा प्रहरी प्रशासनमाथि जनताको विश्वास घट्दो छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

तसर्थ, सीमा नाकामा स्थायी व्यवस्थापन र तस्करी नियन्त्रणका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको सरोकारवालाहरूको जोड छ। अन्यथा, नेपाली बजार सधैं भारतीय बजारको छायाँमा रहने खतरा रहन्छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *