Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

देउवा निवासमा जलेका नोटबारे औपचारिक छानबिन शुरु

विराटनगर, १० असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजू राणा देउवाको निवासमा आगजनी हुँदा भेटिएका जलेका नोटबारे सरकारले औपचारिक छानबिन प्रक्रिया अघि बढाएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा भएको तोडफोडपछि निवासभित्रबाट जलेका नगद नोटका टुक्रा भेटिएका थिए। उक्त रकमको स्रोत, प्रयोजन र कानुनी हैसियतबारे प्रश्न उठेपछि सरकारका विभिन्न निकाय सक्रिय बनेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै घटनालाई गम्भीर रूपमा लिँदै छानबिन अघि बढाइसकेको स्पष्ट पारिन्। उनले सम्बोधनमा, “निजी आवासमा आगजनी हुँदा भेटिएको नगद रकमबारे फरेन्सिक परीक्षण हुँदैछ,” भन्दै परिणाम आएपछि मात्रै वास्तविकता सार्वजनिक हुने बताइन्।

प्रहरी स्रोतका अनुसार जलेका नोटका टुक्रा प्रयोगशालामा पठाइएको छ। परीक्षणपछि रकमको प्रकार, वैधानिकता र स्रोतबारे निश्चित तथ्य बाहिर आउने अपेक्षा गरिएको छ। तर घटनास्थलमा सीमित प्रमाण मात्र भेटिएको, जसमा केही नोटका टुक्रा र भिडियो फुटेज मात्रै रहेका कारण छानबिन जटिल हुने देखिएको बताइन्छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ भने राजनीतिक वृत्तमा पनि उक्त रकमबारे चासो र प्रश्न बढिरहेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

22 thoughts on “

Copyright © 2025 expressnewznp

देउवा निवासमा जलेका नोटबारे औपचारिक छानबिन शुरु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *