Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

प्रसाईँको पक्षबाट अन्तिम बहस सम्पन्न, अब तारा राजावादी पक्षबाट बहस सुरु हुने

विराटनगर, २७ जेठ– तीनकुने घटनामा संलग्न आरोपमा थुनामा रहेका व्यवसायी दुर्गा प्रसाईँका तर्फबाट भइरहेको कानुनी बहस अन्तिम चरणमा पुगेको छ। मंगलबार काठमाडौँ जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रसाईँको पक्षबाट अन्तिम बहस गरेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यसअघि प्रसाईँका पक्षबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, डा. भीमार्जुन आचार्य, टङ्क दुलाल, बालकृष्ण न्यौपाने, सुशील पन्त, लव कुमार मैनाली, दीपेन्द्र झा, रेनुका देवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र मनिष पाण्डेले बहस गरिसकेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

रमन श्रेष्ठको बहसपछि अब अर्को प्रतिवादी तारा राजावादी (सरोज गौतम) पक्षका कानुन व्यवसायीहरूले बहस सुरु गर्नेछन्। रामेछापको सुनापति गाउँपालिका–१ निवासी गौतममाथि तीनकुनेमा भएको आगजनीमा संलग्न भएको आरोप छ। सो आगजनीमा पत्रकार सुरेश रजको ज्यान गएको थियो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा जारी थुनछेक बहसमा राज्यविरुद्ध र ज्यानसम्बन्धी मुद्दाका ५० जना प्रतिवादीहरू छन्, जसमा ३९ जना थुनामा रहेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मामिला संवेदनशील र गम्भीर प्रकृतिको भएकाले अदालतले बहसको सम्पूर्ण पक्ष सुनेपछि मात्र थुनछेकबारे निर्णय लिने बताइएको छ। अदालतमा बहस अझै केही दिन चल्ने अनुमान गरिएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *