Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

विदेशी मुद्राको विनिमय दरमा उतारचढाव : युरो, पाउण्ड र स्विस फ्र्यांकको मूल्यमा वृद्धि, अष्ट्रेलियन डलर घट्यो

विराटनगर, १२ असार। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरमा विभिन्न मुद्राहरूको भाउमा उतारचढाव देखिएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आज युरोपियन युरो, बेलायती पाउण्ड स्टर्लिङ र स्विस फ्र्यांकको मूल्यमा वृद्धि भएको छ भने अष्ट्रेलियन र क्यानेडियन डलरको भाउमा सामान्य गिरावट आएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

राष्ट्र बैंकका अनुसार युरोपियन युरोको खरिददर आज १५९ रूपैयाँ ४९ पैसा पुगेको छ भने बिक्रीदर १६० रूपैयाँ १८ पैसा पुगेको छ। हिजोको तुलनामा यो दर केही बढेको हो।

त्यस्तै, पाउण्ड स्टर्लिङको खरिददर १८७ रूपैयाँ र बिक्रीदर १८७ रूपैयाँ ८२ पैसा पुगेको छ। हिजो यो दर क्रमशः १८६ रूपैयाँ ९१ पैसा र १८७ रूपैयाँ ७३ पैसा थियो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

स्वीस फ्र्यांकको मूल्य पनि आज बढेको छ। आज खरिददर १७० रूपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रूपैयाँ १० पैसा कायम भएको छ, जुन हिजोको तुलनामा बढी हो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उता अष्ट्रेलियन डलर भने घटेको छ। आज यसको खरिददर ८९ रूपैयाँ २७ पैसा र बिक्रीदर ८९ रूपैयाँ ६६ पैसा रहेको छ। हिजोको दरभन्दा यो केही कम हो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

क्यानेडियन डलरको खरिददर १०० रूपैयाँ ०७ पैसा र बिक्रीदर १०० रूपैयाँ ५१ पैसा कायम भएको छ।

यस्तै, अमेरिकी डलरको विनिमय दरमा सामान्य बढोत्तरी देखिएको छ। आज खरिददर १३७ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रूपैयाँ ३ पैसा पुगेको छ।

विदेशी मुद्रा विनिमय दरमा आएको यस्तो हेरफेरले आयात–निर्यात, रेमिट्यान्स र विदेशी कारोबारमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषणकर्ता बताउँछन्।

Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *