Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

राप्रपा उपाध्यक्ष मिश्रको हिरासत म्याद अदालतबाट फेरि बढाइयो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। मिश्र गत चैत १५ गते पक्राउ परेका थिए र यसअघि सातपटक हिरासत म्याद थप गरिएको थियो। मंगलबार उनलाई आठौं पटक म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिएको थियो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अदालतले अनुसन्धानको क्रममा प्रहरीले थप प्रमाण संकलन गर्नुपर्ने आवश्यकता औंल्याउँदै हिरासत म्याद थप गरेको हो। मिश्रसहित अन्य केही व्यक्तिहरूमाथि विद्युतीय अपराध तथा राष्ट्रविरुद्ध गतिविधि गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पक्राउ परेका मिश्रलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानमा सामाजिक सञ्जालमा संविधान र राष्ट्रको अखण्डता विरुद्ध अभिव्यक्ति दिएको आरोप लगाइएको छ। प्रहरी स्रोतका अनुसार ती अभिव्यक्तिहरूले सामाजिक सद्भावमा असर पुर्‍याउने खालका रहेको भन्दै विस्तृत अनुसन्धान भइरहेकाे जनाइएको छ।

यसबीच, मिश्रका समर्थकहरूले भने उनको पक्राउ र बारम्बार हिरासत म्याद थप गरिनु गैरन्यायिक र राजनैतिक पूर्वाग्रहमा आधारित भएको दाबी गरेका छन्। सामाजिक सञ्जाल तथा विभिन्न सार्वजनिक कार्यक्रममा मिश्रको रिहाइको माग समेत उठिरहेको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

राप्रपा नेतृत्वले यसबारे सार्वजनिक प्रतिक्रिया नदिए पनि पार्टी भित्रै मिश्रको गिरफ्तारीलाई लिएर चासो बढिरहेको देखिन्छ। अब प्रहरीलाई पाँच दिनभित्र अनुसन्धानको थप काम सकेर मिश्रसहित आरोपितहरूमाथि अभियोग पुष्टि हुने या नहुने टुंगो लगाउनु पर्ने हुन्छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *