Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

युवालाई उद्यमशीलतामा जोड्दै महासंघ कोशी, स्टार्टअप र नवप्रवर्तन कार्यक्रम तिव्र

विराटनगर, ७ भदौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सम्भावना बोकेका युवालाई उद्यमशीलतामा प्रोत्साहित गर्न स्टार्टअप तथा नवप्रवर्तन कार्यक्रमलाई तिव्रता दिएको छ । यसैक्रममा झापाको बिर्तामोडमा मंगलबार र बुधबार स्टार्टअप अभिमुखीकरण सम्पन्न गरेलगत्तै शुक्रबार विराटनगरमा अर्को चरणको कार्यक्रम आयोजना गरिएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

महासंघ प्रदेशस्तरीय आयोजना र नेपाल कृषि बजार विकास कार्यक्रम सहजको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा उद्योगी, व्यवसायी तथा उद्यमी बन्न चाहने युवाको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले युवापुस्ताले आर्जन गरेका नयाँ सीप, ज्ञान र दक्षतालाई व्यवहारिक उद्यममा परिणत गर्न अनुकूल लगानी वातावरण सिर्जना गर्नु महासंघको प्रमुख लक्ष्य भएको स्पष्ट पारे ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनका अनुसार उद्यमशीलताको अवधारणा, यसको विकासका पाटाहरू, सफल उद्यम निर्माण गर्ने उपाय, उद्योग व्यवसाय क्षेत्रमा नवप्रवर्तनलाई अगाडि बढाउने प्रक्रिया लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो । उनले विशेषगरी डिजिटल उद्यमशीलताको क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै कोशी प्रदेशका युवालाई प्रविधि–मैत्री उद्यममा आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे ।

राउतले भने, “युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्न सके प्रदेशमै रोजगारी सिर्जना मात्र होइन, लगानीका अवसर विस्तार गर्न पनि सकिन्छ ।”

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कार्यक्रममा सहभागी युवा तथा व्यवसायीहरूले स्थानीय तह र औद्योगिक क्षेत्रबीचको सहकार्य उद्यम विकासको आधार बन्न सक्ने धारणा राखे । मेची औद्योगिक करिडोरका स्थानीय तह र उद्योग वाणिज्य संघहरूसँग सहकार्य गर्दै प्रदेशभर यस्ता कार्यक्रमलाई निरन्तरता दिने महासंघले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यस्ता कार्यक्रममार्फत उद्यमशीलतालाई प्रोत्साहन दिँदै युवालाई स्वदेशमै आत्मनिर्भर बनाउन सकिने विश्वास आयोजकको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

2 thoughts on “

Copyright © 2025 expressnewznp

युवालाई उद्यमशीलतामा जोड्दै महासंघ कोशी, स्टार्टअप र नवप्रवर्तन कार्यक्रम तिव्र”

Leave a Reply

Your email address will not be published. Required fields are marked *