Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भिजिट भिसा प्रकरणमा छानबिन नभए आन्दोलनको चेतावनी : प्रचण्ड

विराटनगर, ३१ जेठ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा सहमति अनुसार छानबिन प्रक्रिया अगाडि नबढे पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्। झापाको कार्यक्रममा सहभागी हुन जाने क्रममा शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

“सत्तारुढ दलसँग दुई बुँदे सहमति भएको छ। यदि एक महिनाभित्र छानबिन प्रक्रिया अघि बढेन भने फेरि विरोधमा उत्रिनुपर्ने हुन्छ,” प्रचण्डले स्पष्ट पारे। उनका अनुसार संसद् सञ्चालनका लागि माओवादीले लचिलो भूमिका खेलेको भए पनि सुशासनका सवालमा कुनै सम्झौता नहुने बताएका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गृहमन्त्रीको राजीनामा र पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दा साटासाट गरिएको भन्ने आरोपबारे उनले स्पष्ट पारे, “यो वाहियात प्रचार मात्रै हो, त्यस्तो केही होइन। भिजिट भिसा प्रकरणको सापकोटासँग कुनै सम्बन्ध छैन।”

कांग्रेससँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले हाल भएको सहमति भिजिट भिसा प्रकरणको छानबिन कसरी अघि बढ्छ भन्ने कुरामा निर्भर रहने बताए। साथै, पार्टी उपमहासचिव जनार्दन शर्मालाई पछाडि पारिएको भन्ने खबरसमेत उनले अस्वीकार गरे।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

प्रचण्डले निष्पक्ष छानबिन जरुरी रहेको भन्दै माओवादी केन्द्र त्यसमा दृढ रहेको बताएका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *