विराटनगर, ९ असोज। हुलास स्टिल उद्योगले राजधानीमा आफ्नै उत्पादनलाई अझ नजिक र सजिलै उपलब्ध गराउने उद्देश्यले काठमाडौं उपत्यकामा हुलास आल्मुनियमको नयाँ बिक्री शाखा सञ्चालनमा ल्याएको छ । चन्द्रागिरि नगरपालिका–१०, सतुंगलस्थित शाखाबाट अब उपत्यकाका ग्राहक, व्यवसायी तथा निर्माण व्यवसायसँग जोडिएका सरोकारवालाले गुणस्तरीय सामान सहजै पाउने भएका छन् ।
कम्पनीका अनुसार, यस शाखाबाट झ्याल, ढोका, फ्रेम, जस्ता पाना तथा अन्य आल्मुनियम–स्टिल सामग्रीहरू सस्तो मूल्यमा, भरपर्दो गुणस्तरसहित उपलब्ध गराइनेछ । विगत लामो समयदेखि गुणस्तर र विश्वासमा चिनिएको हुलास ब्रान्डले राजधानीमा सेवा विस्तार गरेसँगै ग्राहकहरूलाई अझ सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

कम्पनीले शाखा सुरु भएपछि ग्राहकले काठमाडौंमै सिधै खरिद गर्न पाउने भएकाले समय र खर्च दुबै बचत हुने जनाएको छ । यसले निर्माण क्षेत्रमा आवश्यक सामग्री सजिलो, भरपर्दो र दिगो रूपमा आपूर्ति गर्न मद्दत गर्ने कम्पनीको विश्वास छ ।


https://shorturl.fm/sq9Wi
https://shorturl.fm/K1pe8
https://shorturl.fm/08Lk4
https://shorturl.fm/2BqGM
https://shorturl.fm/sTokh