Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

एसिसी यु–१६ इस्ट जोन कप : मलेसियालाई नौ विकेटले पराजित गर्दै नेपाल फाइनलमा

विराटनगर, १९ असार — एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा साविक विजेता नेपाल फाइनलमा प्रवेश गरेको छ । मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा बिहीबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियामाथि नौ विकेटको सहज जित हासिल गर्दै उपाधि नजिक पुगेको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९० रनमै समेटिएको थियो । मलेसियाका लागि मोहम्मद फतुल मुइनले सर्वाधिक ३८ रन बनाए भने कप्तान डियाज प्याट्रोले १० रन जोडे । बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नेपालका तर्फबाट बलिङमा अभय यादव सर्वाधिक सफल रहे । उनले ८.१ ओभरमा १२ रन खर्चेर चार विकेट लिए । त्यस्तै शुभम खनालले तीन विकेट, सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माले एक–एक विकेट हात पारे ।

९१ रनको सामान्य लक्ष्य पछ्याउन ओपनर प्रसिद्ध जैसी दुई रनमा आउट भए पनि परिमार्जन यादव र शिवान्श बजगाईंको अविजित साझेदारीले नेपाललाई सजिलै जित दिलायो । यादवले ३५ बलमा पाँच चौका र पाँच छक्का प्रहार गर्दै नटआउट ५९ रन बनाए । बजगाईंले २३ रनको योगदान दिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अब नेपालले फाइनलमा असार २१ गते हङकङ र सिङ्गापुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा भइरहेको प्रतियोगितामा १० राष्ट्र सहभागी छन् । प्रतियोगिता दुई समूहमा विभाजन गरेर सञ्चालन गरिएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *