विराटनगर, ३ असार। नेपाली सुन बजारमा मंगलबार एकैदिन तोलामा २ हजार ५ सय रुपैयाँको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन सुनको मूल्य १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । वैशाख ९ गते सुनको भाउ १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।

चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै चाँदीको मूल्य २ हजार १६० रुपैयाँमा झरेको छ ।
सुन र चाँदीको मूल्यमा आएको यो गिरावटले बजारमा केही चहलपहल बढाएको व्यवसायीहरूको भनाइ छ । अन्तर्राष्ट्रिय बजार मूल्य तथा मागको उतारचढावका कारण स्थानीय बजारमा समेत प्रभाव परेको हो ।

