Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

ग्वार्को फ्लाईओभर उद्घाटन : ट्राफिक व्यवस्थापनमा नयाँ युगको सुरुवात

विराटनगर, ६ असार। काठमाडौँ उपत्यकाको अत्यधिक व्यस्त चोक ग्वार्कोमा निर्माण सम्पन्न भएको पहिलो फ्लाईओभर आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्। यो ओभरपासले उपत्यकाको ट्राफिक व्यवस्थापनमा ठुलो राहत ल्याउने अपेक्षा गरिएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

२०७८ फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभीसँग गरिएको ठेक्का सम्झौताअनुसार दुई वर्षमा सम्पन्न हुने भनिएको ओभरपास निर्माण कार्य प्राविधिक जटिलता र म्याद थपका कारण २०८१ पुस ८ गते मात्र सम्पन्न भएको हो। ढिलाइको कारण निर्माण व्यवसायीलाई झन्डै १ करोड ४७ लाख रुपैयाँ हर्जाना तिराइएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

ग्वार्को ओभरपासको कुल लम्बाइ ५७६.२ मिटर रहेको छ। यसमा ग्वार्को चोकदेखि लगनखेलतर्फ ३२० मिटर, सातदोबाटोतर्फ १८५ मिटरको र्याम्प र बीचको ३६.२ मिटरको पुल खण्ड रहेको छ। १६.४ मिटर चौडा चार लेनको यो ओभरपास इपिसी (EPC) मोडलअन्तर्गत डिजाइन र निर्माण गरिएको हो। प्रारम्भिक अनुमान अनुसार १७ करोड लागतमा निर्माण हुने भनिएको यो परियोजनाको अन्तिम लागत ३१ करोड ४६ लाख रुपैयाँ पुगेको छ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार ग्वार्को क्षेत्रमा हुने दैनिक ट्राफिक जामबाट अब सर्वसाधारण मुक्त हुनेछन्। तर सातदोबाटो क्षेत्रमा ट्राफिक चाप बढ्ने सम्भावना रहेकाले थप योजनाको आवश्यकता औँल्याइएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पूर्वाधारविद् गजेन्द्रप्रसाद थपलियाले काठमाडौँलगायत मुख्य सहरका चोकमा अन्डरपास र ओभरपास अपरिहार्य भएको बताएका छन्। नयाँबानेश्वर, चाबहिल, माइतीघरजस्ता क्षेत्रमा पनि यस्ता संरचना आवश्यक रहेको उनको भनाइ छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले निरीक्षणका क्रममा केही साना काम जस्तै सिसीटिभी र बत्ती जडान अझै बाँकी रहेको जनाएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यो परियोजनाको सफल सम्पन्नताले नेपालमा शहरी पूर्वाधार विकासको नयाँ संकेत दिएको छ।

Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *