Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भट्टराईको भनाइ : “भ्रष्टाचारीलाई कारबाही नगरे चुनाव निष्पक्ष हुँदैन”

विराटनगर, ९ असोज । नयाँ शक्ति नेपाल (नेसपा) का अध्यक्ष पदबाट राजीनामा दिए पनि राजनीतिबाट अलग नभएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्पष्ट पारेका छन् । नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिन आफू पदबाट हटेको उनले बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले आफू अझै पनि देशलाई विकल्प निर्माण गर्ने अभियानमै सक्रिय रहेको बताए । “म कुनै आन्दोलनबाट अलग भएको होइन, हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि निरन्तर रहनेछु,” उनले भने ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भट्टराईले आगामी चुनाव अघि भ्रष्टाचारमा संलग्न नेतामाथि कडा कारबाही हुनुपर्ने आवश्यकता दोहोर्याए । अन्यथा, भ्रष्टाचारमा लिप्त व्यक्तिहरू नै पुनः निर्वाचित भएर आउने चेतावनी उनले दिए ।

उनले पुरानो सरकार ढले पनि सत्ता ढलेको नभएको उल्लेख गर्दै शासन प्रणालीमा सुधार आवश्यक रहेको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिनाको चुनावले स्थायित्व नआउने उनको भनाइ थियो । “जेनजी युवाको बलिदान खेर जान दिनु हुँदैन,” भट्टराईले जोड दिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *