विराटनगर, ९ असोज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री नियुक्त भएको केही दिनमै राष्ट्रलाई सम्बोधन गर्न लाग्नुभएकी उहाँको सम्बोधनले आगामी राजनीतिक दिशा–निर्देश र सरकारको प्राथमिकता स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा हुने सम्बोधनलाई देशभर प्रत्यक्ष प्रशारण गरिने व्यवस्था मिलाइएको छ। प्रधानमन्त्री कार्कीलाई गत २७ भदौमा प्रधानमन्त्रीमा नियुक्त गरिएको हो। यो नियुक्ति जेनजी समूहले २३ र २४ भदौमा देशव्यापी आन्दोलन गरेर राजनीतिक परिदृश्यमा दबाब सिर्जना गरेपछि सम्भव भएको हो।

उहाँको सम्बोधनमा समावेशी शासन, संक्रमणकालीन व्यवस्थापन, आगामी निर्वाचन तयारी र शान्ति–स्थायित्व जस्ता एजेन्डामा जोड हुने उच्चस्तरीय स्रोतले जनाएको छ। राष्ट्रका नाममा हुने यस सम्बोधनलाई नयाँ सरकारको नीति–दिशा बुझ्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

order cannabis gummies delivered safely to your door