Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नेपाली सेनाको पृतनापति सम्मेलन सुरु, हालैको जेनजी आन्दोलन पनि एजेन्डामा

विराटनगर, ९ असोज। नेपाली सेनाको पृतनापति सम्मेलन सैनिक मुख्यालय जंगी अड्डामा सुरु भएको छ। सेनाका प्रमुख प्रधान सेनापति अशोकराज सिग्देलको अध्यक्षतामा भइरहेको उक्त सम्मेलनमा विभिन्न पृतनाका प्रमुखसहित उच्चस्तरीय अधिकारीहरूको सहभागिता छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार पृतनापति सम्मेलन हरेक वर्ष दुईपटक बस्ने परम्परा छ। सामान्यतया एक पटक सेना दिवसको अवसरमा र अर्को पटक भदौ–असोजतिर आयोजना गरिँदै आएको छ। नियमित तालिकाअनुसार बसिरहेको यो सम्मेलनमा यसपटक पछिल्लो राजनीतिक तथा सुरक्षासम्बन्धी घटनाक्रम पनि विशेष एजेन्डा बनेको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देखिएका घटनाबारे सेनाले आन्तरिक विश्लेषण गर्नेछ। सो आन्दोलनका क्रममा अस्थिर अवस्था उत्पन्न भएपछि भदौ २४ गते राति नेपाली सेना परिचालन गरिएको थियो। त्यस क्रममा कर्फ्यू जारी गरेर स्थिति नियन्त्रणमा लिन सेनाले भूमिका खेलेको थियो।

सम्मेलनमा देशभरका आठ पृतनाका प्रमुखहरू सहभागी छन्। सहभागीमध्ये सुदूरपश्चिम पृतनाका किरण केसी, उत्तर पश्चिम पृतनाका दीपेशजंग शाह, मध्य पश्चिम पृतनाका प्रेम पुन, पश्चिम पृतनाका मधुकर सिंह कार्की, मध्यपूर्वी पृतनाका कृष्णबहादुर जिसी, मध्य पृतनाका हरेन्द्र पाठक, उपत्यका पृतनाका रविन्द्र कार्की र पूर्वी पृतनाका गौरवकुमार केसी रहेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पृतनापतिहरूले आफ्नो–आफ्नो क्षेत्रमा देखिएका सुरक्षा चुनौती, स्थानीय परिस्थितिको विश्लेषण र भावी रणनीतिबारे प्रधान सेनापतिलाई ब्रिफिङ गर्ने कार्यक्रम छ। पछिल्लो घटनाक्रमलाई संवेदनशील मानेर सेनाले संयमता अपनाउँदै सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन छलफल केन्द्रित हुने बताइएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *