Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

शेखर कोइरालाको सुझाव : हिन्दु राष्ट्र र राजतन्त्रबारे जनमतसंग्रह वा संविधान संशोधनबाट निर्णय सम्भव

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रजस्ता संवेदनशील मुद्दामा जनमतसंग्रह वा संविधान संशोधनमार्फत निर्णय लिन सकिने बताएका छन्। नयाँ पत्रिका दैनिकलाई दिएको अन्तरवार्तामा उनले संविधान निर्माणका क्रममा जनताबाट संकलन गरिएका सुझावहरूलाई बेवास्ता गरिएको आरोप लगाउँदै ती सुझावहरूको पोका अझै नखुलेको दाबी गरेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

“कि ती पोका खोल्नुपर्छ, होइन भने जनमतसंग्रहमार्फत निर्णय गर्नुपर्छ,” कोइरालाले बताएका छन्। उनले नेपाली कांग्रेसले अतीतमा पनि जनमतसंग्रह स्वीकार गरेको इतिहास स्मरण गर्दै यस्तो बहसबाट नआत्तिनुपर्ने धारणा राखे।

राप्रपालगायत दलहरूले उठाउँदै आएको संवैधानिक राजतन्त्रको बहसलाई उनले अभिव्यक्ति स्वतन्त्रताको अभ्यासको रूपमा लिँदै त्यसलाई रोक्न नहुने बताए। “सडकमा आएर राजा चाहियो भन्नुस्, त्यसलाई सम्बोधन गर्ने उपाय जनमतसंग्रह हुन सक्छ,” उनले भने।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कोइरालाले लोकतन्त्रको मर्म नै विरोधीको आवाज सुन्नु हो भन्दै यस्तो बहसले निकास दिन सक्ने विश्वास व्यक्त गरे। उनले लोकतान्त्रिक मूल्यमा आधारित छलफल र निर्णय प्रक्रियालाई बलियो बनाउनु आवश्यक रहेको बताए।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *