Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

एमालेका दुई भ्रातृ संगठन महाधिवेशनको चटारोमा, नेतृत्व चयनको तयारी तीव्र

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

काठमाडौं — नेकपा (एमाले) का दुई प्रभावशाली भ्रातृ संगठन — राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु — महाधिवेशनको अन्तिम तयारीमा जुटेका छन्। आगामी जेठ महिनाभित्र दुबै संगठनले नयाँ नेतृत्व चयन गर्दै रणनीतिक दिशा तय गर्ने छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

राष्ट्रिय युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म कास्कीको पोखरामा सम्पन्न हुने तय भएको छ। यता, अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन जेठ २५ देखि २७ गतेसम्म कीर्तिपुरमा आयोजना गरिने छ।

महाधिवेशन मिति नजिकिएसँगै संगठनहरू आन्तरिक तयारीमा तीव्र गतिमा जुटेका छन्। महाधिवेशनलाई लक्षित गर्दै आकांक्षीहरू लबिङमा सक्रिय भएका छन्, जसले संगठनभित्र नेतृत्व चयनलाई प्रतिस्पर्धात्मक बनाउने अनुमान गरिएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

युवा संघले यसपटकको महाधिवेशनको मूल नारा ‘शिक्षा, सीप र स्टार्टअप युवाको त्रिशक्ति’ तय गरेको छ। यसले युवालाई उद्यमशीलता र सृजनशील क्षमतातर्फ अभिमुख गराउने सन्देश दिन खोजिएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्यस्तै, अनेरास्ववियुले ‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ, सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अघि बढौँ’ भन्ने मूल नारा तय गर्दै विद्यार्थी आन्दोलनलाई समसामयिक चुनौतीसँग जोड्ने संकेत दिएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

महाधिवेशनमार्फत संगठनहरूको भावी कार्यदिशा, नीति तथा रणनीति निर्धारण हुने भएकाले एमाले नेतृत्वका लागि पनि यी महाधिवेशनहरू रणनीतिक हिसाबले महत्वपूर्ण हुनेछन्।

Spread the love by sharing this news

4 thoughts on “

Copyright © 2025 expressnewznp

एमालेका दुई भ्रातृ संगठन महाधिवेशनको चटारोमा, नेतृत्व चयनको तयारी तीव्र”

  1. Официальный Telegram канал 1win Casinо. Казинo и ставки от 1вин. Фриспины, актуальное зеркало официального сайта 1 win. Регистрируйся в ван вин, соверши вход в один вин, получай бонус используя промокод и начните играть на реальные деньги.
    https://t.me/s/Official_1win_kanal/3621

Leave a Reply

Your email address will not be published. Required fields are marked *