Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मारवाडी युवा मञ्च बिराटनगरद्वारा श्रमिक दिवसमा आविष्कार अभियन्ता महावीर पुन सम्मानित, दीर्घकालीन श्रमिकलाई विशेष सम्मान

श्रमिक दिवसको पावन अवसरमा मारवाडी युवा मञ्च बिराटनगरले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको प्रमुख आतिथ्यमा विशेष सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्‍यो। मञ्चका अध्यक्ष मोहित लालवानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मारवाडी परिषदका उपाध्यक्ष भिखम चन्द सरल र सेवा समितिका कार्यवाहक अध्यक्ष जुगल किशोर राठी विशिष्ट अतिथिका रूपमा सहभागी भए।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अध्यक्ष लालवानीले पुनको आविष्कार अभियानको उच्च प्रशंसा गर्दै मञ्चको तर्फबाट रु २५,००० बराबरको पुस्तक खरिद गरी सहयोग घोषणा गरे। साथै, उनले श्रमिक दिवसको अवसरमा बिराटनगरका चारवटा मारवाडी समाजका सेवा भवनहरूमा २५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरूको विशेष सम्मान गरे।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सम्मानित हुनेमा अतिथि सदनका ३५ वर्षदेखिका कर्मचारी श्री हरि श्रेष्ठ, तेरापंथ भवनका श्री बसन्त चौधरी, जानकी सेवा सदनका श्री जिवेस भारती र मारवाडी सेवा सदनका श्री राजु श्रेष्ठ रहेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कार्यक्रममा विभिन्न सामाजिक, धार्मिक तथा युवा संस्थाका अध्यक्ष, पदाधिकारी तथा अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समाजसेवी, युवा अभियन्ता र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मारवाडी युवा मञ्चद्वारा आयोजित यो कार्यक्रम श्रमिकको सम्मान र नवप्रवर्तनको समर्थनमा उदाहरणीय पहलको रूपमा चित्रित गरिएको छ।

Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *