Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कोशी लगानी सम्मेलनमा पारदर्शिता अभावको आरोप, स्वतन्त्र पत्रकार र जनप्रतिनिधिलाई निषेध


विराटनगर, वैशाख १९ : विराटनगरमा सुरु भएको कोशी लगानी सम्मेलन पारदर्शिता अभावको आरोपमा विवादमा परेको छ। बहुप्रचारित सम्मेलनमा सीमित सञ्चारमाध्यम मात्रलाई प्रवेश दिइएको भन्दै स्वतन्त्र पत्रकार, सर्वसाधारण मिडियाकर्मी र केही जनप्रतिनिधिहरूलाई कार्यक्रमस्थलबाहिरै रोकिएको गुनासो आएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

स्वतन्त्र पत्रकारहरूले ‘चुनिएका’ मिडियालाई मात्र सहभागी गराइएर अन्यलाई निषेध गर्नु संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र सूचनाको अधिकारविपरीत भएको दाबी गरेका छन्। उनीहरूको भनाइमा, कार्यक्रम नियोजित रूपमा दलका कार्यकर्ता, सरकारी अधिकारी र निकट मिडियालाई लक्षित गरिएको जस्तो देखिएको छ, जसले सम्मेलनको पारदर्शिता र समावेशीतामा प्रश्न उठाएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

विश्लेषकहरूका अनुसार यस्तो भेदभावले लगानी सम्मेलनप्रति आम जनताको विश्वासमा कमी ल्याउन सक्छ। उनीहरूले विकास र लगानी प्रवर्द्धनको नाममा सञ्चारको पहुँच नरोध्न आग्रह गरेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सम्मेलनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी क्षेत्रको वारेस बन्न प्रदेश सरकार तयार रहेको र कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण सिर्जना गरिएको बताए। ८ वटा क्षेत्रमा आधारित ७१ परियोजनाहरू एक वर्षको छलफलपछि छनोट गरिएको र निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

दुई दिनसम्म चल्ने सम्मेलनले कोशी प्रदेशमा आर्थिक सम्भावनालाई उजागर गर्ने लक्ष्य राखेको छ। तर पारदर्शिता र पहुँचमा देखिएको विभेदले सम्मेलनको उद्देश्यमाथि गम्भीर प्रश्न उठाएको छ।

Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *