Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सेयर बजारमा व्यापक गिरावट, कारोबार रकममा उल्लेख्य वृद्धि

विराटनगर, ५ असार। साताको अन्तिम दिन सेयर बजारमा तीव्र गिरावट देखिएको छ भने कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आज नेप्से परिसूचक २४.७६ अंकले घट्दै २६२८ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा सबै समूहगत सूचकहरू ओरालो लागेका छन् । विशेष गरी व्यापार समूहमा २.४७ प्रतिशतको गहिरो गिरावट आएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्यस्तै, बैंकिङ ०.५०, विकास बैंक १.१२, फाइनान्स ०.९३, होटल तथा पर्यटन ०.९६, हाइड्रोपावर १.३४, लगानी ०.७३, जीवन बीमा ०.४१, उत्पादन १.०१, माइक्रोफाइनान्स १.०६, निर्जीवन बीमा ०.३४ तथा अन्य समूह १.१२ प्रतिशतले घटेका छन् ।

यद्यपि सेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ९ अर्ब ८ करोडको कारोबार भएकोमा आज ११ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आज ४७ कम्पनीको मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ । मूल्य वृद्धि गर्ने कम्पनीहरूमा पन्चकन्या माइ हाइड्रोपावर अग्रणी छ, जसको मूल्य १० प्रतिशतले बढेको हो । त्यसपछि मध्यभोटेकोशी, शिवश्री हाइड्रो, पाँचथर पावर र आँखुखोला जलविद्युत् कम्पनीको मूल्य पनि उल्लेख्य रूपमा बढेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

विपरीत, पियोर इनर्जी, रसुवागढी हाइड्रो र भूगोल इनर्जीको मूल्य १० प्रतिशतले घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी विकास बैंकको सेयर मूल्य पनि उल्लेख्य रूपमा घटेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आज धेरै कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो, सानिमा माइ हाइड्रो र राधि विद्युत् रहेका छन् ।

Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *