Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

विश्वकप एसिया छनोट : थाइल्याण्डसँगको उपाधिका लागि नेपाललाई कठिन लक्ष्य

६ जेठ, विराटनगर ।
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डविरुद्धको अन्तिम खेलमा नेपालले जितका लागि १५९ रनको कठिन लक्ष्य पाएको छ। थाइल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १५८ रन बनायो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले आक्रामक प्रदर्शन गर्दै २८ बलमा अविजित ५० रन बनाइन्। अर्की ओपनर नताया बूचाथामले पनि ५० रनको योगदान दिइन्। अफिसरा सुवानचोनराथीले २९ रन जोडिन्। नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले समान १ विकेट लिई थाइल्याण्डको आक्रमणमा केही क्षण ब्रेक लगाएका थिए।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

दुवै टोलीले यसअघि नै ग्लोबल छनोटमा स्थान बनाइसकेका छन्। तर आजको खेलले एसिया छनोटको उपाधि विजेता तय गर्नेछ। सोमबार नेपालले यूएईलाई पराजित गर्दै पहिलो पटक एसिया छनोट पार गर्दै इतिहास रचेको थियो। त्यस्तै आइतबार थाइल्याण्डले यूएईलाई हराउँदै शीर्ष तीनमा स्थान सुरक्षित गरेको थियो।

हालसम्म थाइल्याण्ड प्रतियोगितामा अपराजित रहँदै आएको छ। समूह चरणमा उसले दुई जित निकाल्दा दुई खेल वर्षाका कारण रद्द भएका थिए। सुपर ३ मा पनि उसले यूएईलाई पराजित गरेको थियो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नेपालले अहिलेसम्म थाइल्याण्डलाई महिला टी-२० अन्तर्राष्ट्रिय खेलमा पराजित गर्न सकेको छैन। आजको उपाधि भिडन्तमा नेपालका लागि यो ऐतिहासिक जितको अवसर पनि हुन सक्छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *