Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सेयर बजारमा चलखेल: दीपेन्द्र अग्रवालको फर्जी कारोबार खुलासा, १५ फर्जी खातामार्फत लगानीकर्तालाई ठगी

विराटनगर– नेपाली पूँजी बजारमा अनियमित कारोबारमार्फत नाफा कमाउँदै आएका सेयर कारोबारी दीपेन्द्र अग्रवालको फर्जी कारोबारको शैली विस्तारै सतहमा आउँदैछ। धितोपत्र बोर्ड र प्रहरीले अग्रवालविरुद्ध अनुसन्धान तीव्र बनाएको छ, जसमा उनले साना पूँजी भएका कम्पनीहरूको सेयर कृत्रिम रूपमा मूल्य बढाई लगानीकर्तालाई झुक्याउने गम्भीर आरोप लागेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बोर्डको अध्ययनअनुसार अग्रवालले १५ वटा फरक नाममा रहेका फर्जी खातामार्फत सेयर खरिद–बिक्री गरेर सेयर मूल्यमा कृत्रिम उतारचढाव ल्याउने गरेका छन्। उनले आफन्त तथा परिचितहरूको नाममा टीएमएस खाता खोलाएर त्यसको नियन्त्रण आफूले राख्ने, बजार खुलेपछि ती खातामार्फत एक अर्कामा सेयर खरिद–बिक्री गराउने, त्यसपछि मूल्य वृद्धि गराई सर्वसाधारण लगानीकर्तालाई महँगो मूल्यमा बिक्री गर्ने रणनीति अपनाउने गरेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

२०८१ पुस २५ मा उनले कर्पोरेट डेभलपमेन्ट बैंकका ६५ हजार कित्ता सेयर ज्योति अग्रवाललाई बिक्री गरेका थिए। पछि त्यही खाताबाट २० हजार कित्ता सेयर स्मार्ट डोर्स लिमिटेडलाई बेचिएको देखिन्छ, जसमा दीपेन्द्र स्वयं सञ्चालक हुन्। त्यस्तै, गोर्खाज फाइनान्स, नेपाल बैंक, नेपाल फाइनान्स जस्ता कम्पनीका सेयर पनि आफन्तहरूको खातामार्फत किनबेच गरिएको देखिएको छ।

धितोपत्र बोर्डका अनुसार अग्रवालले टीएमएस प्रणालीको कमजोरीको दुरुपयोग गरेका छन्। एउटै व्यक्तिले दुईवटा टीएमएस खाता लिन सक्ने प्रावधानको फाइदा उठाई उनले एक ब्रोकरमार्फत सेयर किन्ने र अर्काे ब्रोकरमार्फत बिक्री गर्ने गरेका छन्। यसले कारोबार व्यवस्थापन प्रणालीमा पारदर्शिता कमजोर बनाएको र नियमनकर्तालाई ठग्न सजिलो बनाएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यति मात्र होइन, अग्रवालले सेयर खरिदको भुक्तानीका लागि समेत आफन्तको खाताबाट पैसा ट्रान्सफर गरेर अन्ततः आफ्नै खातामा ल्याउने गरेका छन्। जस्तै, सविता अग्रवालको खाताबाट पैसा आफ्ना बुबाको खातामा र त्यहाँबाट आफ्नो खातामा ल्याउने कार्यमा संलग्न रहेको देखिएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनको यस्तो कारोबारले बजारमा अस्वाभाविक मूल्य वृद्धिका कारण सर्वसाधारण लगानीकर्ताले ठूलो घाटा व्यहोर्नुपरेको छ। उदाहरणका लागि, नेपाल फाइनान्सको सेयर मूल्य एक वर्षभित्र २६१४ रुपैयाँसम्म पुगेको थियो भने हाल त्यो मूल्य घटेर ६०८ रुपैयाँमा झरेको छ। त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको मूल्य ८७० रुपैयाँसम्म पुगे पनि अहिले कारोबार नै बन्द छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नेप्सेका अधिकारीहरूका अनुसार अग्रवालले सेयर मूल्यमा म्याचिङ गरेर प्रभाव पारेका छन्। यस्तै गैरकानुनी गतिविधिका कारण उनले तीनवटा ब्रोकर कम्पनीसँग सम्बन्ध विच्छेद गरिसकेको तथ्य पनि खुलेको छ।

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले यस्तो चलखेल गर्ने व्यापारीलाई ब्रोकरहरूले स्थान दिन नहुने धारणा व्यक्त गर्दै नियमनकारी निकायले प्रभावकारी निगरानी गर्नुपर्ने माग गरेका छन्।

दीपेन्द्र अग्रवालजस्ता फर्जी कारोबारकर्ताको प्रभावले नेपाली सेयर बजारमा पारदर्शिता कमजोर भएको र सर्वसाधारण लगानीकर्ताको विश्वास घट्दै गएको चिन्ता बढ्दो छ। अब, धितोपत्र बोर्ड र नेप्सेले यस्ता गतिविधिमाथि कठोर कदम चाल्ने कि भन्ने आम लगानीकर्ताको ध्यान त्यसतर्फ खिचिएको छ।

Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *