Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सत्तारुढ कांग्रेसभित्रै गहिरिँदो मतभेद, सरकारको स्थिरतामाथि प्रश्न

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

काठमाडौं — सत्तारुढ नेपाली कांग्रेसभित्र सरकारको कार्यशैली र निरन्तरताप्रति देखिएको गहिरो मतभेदले राजनीतिक वातावरण अन्योलग्रस्त बनाइरहेको छ। सत्ता साझेदार दलका नेताहरूबीच परस्परविरोधी अभिव्यक्तिहरू सार्वजनिक भइरहँदा कांग्रेस सत्तारुढ हो वा प्रतिपक्ष, छुट्याउन हम्मे–हम्मे परेको अवस्था देखिएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

संसद् भित्र होस् वा बाहिर, सरकारको आलोचना कांग्रेसकै नेताबाट हुँदै आएको छ। एकातिर सभापति शेरबहादुर देउवा र उहाँ निकट नेताहरूले सरकारको प्रशंसा गर्दै समर्थन जनाइरहेका छन् भने अर्कोतर्फ महामन्त्री गगन थापा, नेता शेखर कोइरालाजस्ता नेताहरू सरकारप्रति असन्तुष्ट देखिन्छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यो प्रवृत्ति कांग्रेसको लागि नयाँ होइन। इतिहासमै गहिरो गुटगत राजनीति र फरक मतको अभ्यास गर्दै आएको कांग्रेस सधैं आन्तरिक विवादबाट गुज्रँदै आएको छ। २०५१ सालमा आफ्नै सरकारको धन्यवाद प्रस्ताव पार्टीभित्रकै मतभेदले फेल हुनु, २०५९ मा पार्टी विभाजन हुनु, वा पछिल्ला दिनमा कोशी प्रदेशमा देखिएको असहमति यसैको उदाहरण हुन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

शेखर कोइरालादेखि गगन थापासम्मका नेताले गठबन्धन नीति, मुख्यमन्त्री चयन, र सरकारको मूल्यांकनमा फरक मत राखिरहेका छन्। नेताहरू खुलेरै आलोचना गर्दै आन्तरिक लोकतन्त्रको अभ्यास भएको दाबी गरिए पनि यसले सरकारको स्थायित्वमा भने सधैं प्रश्न उठाउँदै आएको छ।

दलभित्रको यो मतभेदले सरकारको दीर्घकालीन नीतिगत निर्णयमा प्रभाव पार्ने देखिन्छ। सत्ता साझेदार दलमै यस्तो असहमतिका बीच सरकारको दीर्घकालीन स्थिरता सुनिश्चित हुने कि अन्योल बढ्ने भन्ने प्रश्न उठ्न थालेको छ।

Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *