विराटनगर, १० असोज । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला दुई लाख २२ हजार पाँच सय रुपैयाँ पुगेको छ।
हिजो (बिहीबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो। बिहीबार सुन प्रतितोला दुई लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा समेत वृद्धी देखिएको छ। बिहीबार प्रतितोला दुई हजार छ सय ८५ रुपैयाँ रहेको चाँदी शुक्रबार ५५ रुपैयाँले बढ्दै प्रतितोला दुई हजार सात सय ४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय मूल्यवृद्धि र अमेरिकी डलरको भाउमा आएको उतारचढावले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको हो। आगामी दिनमा मूल्य अझै अस्थिर रहने सम्भावना रहेको उनीहरूको भनाइ छ।


https://shorturl.fm/IIHuB