Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

राप्रपाका सांसद संसद् बैठक बहिष्कार गर्दै बाहिरिए, प्रतिनिधिसभामा अवरोध कायमै

विराटनगर, १ असार । संघीय संसद्को प्रतिनिधि सभामा आइतबार पनि तनावपूर्ण दृश्य देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक बहिष्कार गर्दै संसद् छाडेर बाहिरिएका छन् । त्यसअघि उनीहरू आफ्ना आसनमै उभिएर विरोध जनाइरहेका थिए । संसद् बैठक अवरुद्ध बनाउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल घेरेर प्रदर्शन जारी राखेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

संसद् बैठकको कार्यसूची अघि बढाउने सभामुख देवराज घिमिरेको निर्णयसँग असन्तुष्ट हुँदै राप्रपाका सांसदहरू बैठकबाट बाहिरिएका हुन् । सभामुख घिमिरेले कार्यसूची अघि बढाएपछि राप्रपाले विरोध स्वरूप संसद् बहिष्कार गरेको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बैठकमा अर्थमन्त्री बार्षिक आय–व्यय विवरण प्रस्तुत गर्न रोष्ट्रममा पुगेका बेला एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सभामुखको ध्यानाकर्षण गराउँदै अवरोधको अवस्थाबीच कार्यसूची अघि नबढाउन आग्रह गरेका थिए । तर, सभामुखले आकस्मिक समय सञ्चालन गर्दै संसद् अघि बढाएका छन् । हालसम्म अवरोध अन्त्यको सम्भावना देखिएको छैन ।

Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *