Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सन्दीप लामिछानेले केन्द्रीय सम्झौता नवीकरण नगर्ने घोषणा, व्यक्तिगत विकासलाई दिए प्राथमिकता

विराटनगर, १४ जेठ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौता नवीकरण नगर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै लामिछानेले आफ्नो निर्णयलाई क्रिकेट वा देशबाट टाढिने कदम नभई, व्यक्तिगत तथा व्यावसायिक विकासतर्फ अग्रसर हुने प्रक्रिया भनेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

क्यानले हालै सार्वजनिक गरेको २०२५ को केन्द्रीय सम्झौताको सूचीमा लामिछानेलाई ‘ए’ ग्रेडमा राखिएको थियो। यो ग्रेड अन्तर्गत रहेका खेलाडीहरूलाई मासिक एक लाख रुपैयाँ पारिश्रमिक दिने प्रावधान छ। ए ग्रेडमा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र आसिफ शेखसँगै लामिछाने पनि समावेश थिए।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

वक्तव्यमा लामिछानेले क्यानप्रति कृतज्ञता व्यक्त गर्दै, नेपाली क्रिकेटमा संस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उनले लेखेका छन्, “जीवन एक यात्रा हो, जहाँ विकसित हुँदै अगाडि बढ्ने अनेक बाटाहरू हुन्छन्। अझै धेरै सिक्न, गर्न र बन्न बाँकी छ।”

उनले देशप्रतिको निष्ठा र क्रिकेटप्रतिको जुनून कहिल्यै नघट्ने उल्लेख गर्दै, केही निर्णयहरू अलग्गिन होइन, उद्देश्य स्पष्ट पार्नका लागि लिइने बताएका छन्। क्यानले यसबारे हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *