
तिमी छोरीको आशामा बस्छौ
मेरो छोरी मेरो गर्व भन्छौ
अथाह र अनगिन्ती भावनामा तिमी बग्छौ
किन आखिर तिमी भ्रूण हत्या गर्छौ।।
भन्छौ तिमी, छोरी अभिमान हो
तर यो पनि त एक स्वाभिमान हो ।
छोरी राम्रो समाज को पहिचान हो
न गर छोरीको भ्रूण हत्या, छोरी नै समाजको सम्मान हो।।

भन्ने गर्छौ छोरी पाउनु एक सपना हो
छोरी त वास्तविकता भन्दा पनि परको कल्पना हो ।
मान तिमी, छोरी तिम्रै घरकी पूजा अर्चना हो
तर पनि भ्रूण हत्या आजको कस्तो बिडंबना हो ।।
न गर यो कुकर्म, यो त घोर पाप हो
जसले गर्यो यो कुकर्म, उसको जीवन नै अभिशाप हो।
आजीवन भोग्नुपर्ने पूरै परिवारलाई यो कुकर्म पश्चाताप हो
समय छ, सुधार कुकर्म, यो तिम्रै अन्तको सुरुवात हो।।

अंध्यारोमा बत्ती झैं उज्यालो फैलाउंछे छोरी
अनेक रूपमा देवी माँँ को प्रतिमा जोगाउंछे छोरी ।
हरेक सम्बन्धलाई अटूट विश्वासले सजाउंछे छोरी
अब त अंत गर्देउ भ्रूण हत्याको, तिमीलाई आजको आईनामा भोली देखाउंछे छोरी ।।
