Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कोशी प्रदेशको नयाँ स्वास्थ्य नीति : सर्वसुलभ, गुणस्तरीय र समावेशी सेवामा जोड

बिराटनगर, ९ भदौ । कोशी प्रदेश सरकारले स्वास्थ्य सेवामा रूपान्तरण ल्याउने उद्देश्यसहित स्वास्थ्य नीति २०८२ सार्वजनिक गरेको छ। ‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ मूल नारासहित आएको नीतिले नागरिकलाई सर्वसुलभ, गुणस्तरीय, सुरक्षित र समावेशी स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य लिएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार नीति ६ प्रमुख उद्देश्य र २६ नीति तथा रणनीतिमा आधारित छ। मन्त्रिपरिषद्को साउन १६ गतेको निर्णयपछि आइतबार मन्त्रालयले नीति सार्वजनिक गरेको हो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नयाँ नीतिले प्रदेशभित्रका मुख्य चुनौतीहरू प्रष्ट्याएको छ। अस्पतालहरूमा गुणस्तरीय सेवा अभाव, पर्याप्त स्वास्थ्य पूर्वाधार र दक्ष जनशक्ति कमी, उपलब्ध जनशक्तिको असन्तुलित व्यवस्थापन तथा लगानी अभावलाई प्रमुख अवरोधका रूपमा औंल्याइएको छ। त्यसलाई सम्बोधन गर्न नीति चिकित्सकीय विशेषज्ञता विस्तार, सघन उपचार सेवाको विकास र स्वास्थ्य क्षेत्रमा आवश्यक लगानी प्रवर्द्धनमा केन्द्रित छ।

रोग नियन्त्रणतर्फ, पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पता, प्रजनन उमेरकी महिलामा न्यून पोषण, क्षयरोग, कुष्ठरोग, उपेक्षित उष्णदेशीय रोग र कीटजन्य रोग नियन्त्रणलाई नीति विशेष प्राथमिकतामा राखेको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मानसिक स्वास्थ्यमा पनि नीति महत्वाकांक्षी देखिन्छ। राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार नेपालमा औसत १३.९५ प्रतिशत मानिस मानसिक समस्याबाट प्रभावित छन्। किशोरावस्थामा ११.४५ प्रतिशत, मद्यपानको लत ६.५५ प्रतिशत र आत्महत्याको सोच १०.६५ प्रतिशत पाइएपछि नीतिले मानसिक स्वास्थ्य प्रवर्द्धनलाई विशेष स्थान दिएको हो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

विशेषज्ञहरूको भनाइमा नीति प्रभावकारी रूपमा कार्यान्वयन भए प्रदेशभित्र बालबालिका र महिलाको पोषण सुधार, रोग नियन्त्रण, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा सर्वसुलभ सेवा सुनिश्चित हुनेछन्। यसले दीर्घकालीन रूपमा प्रदेशको स्वास्थ्य प्रणालीलाई नयाँ स्तरमा पुर्‍याउने अपेक्षा गरिएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

4 thoughts on “

Copyright © 2025 expressnewznp

कोशी प्रदेशको नयाँ स्वास्थ्य नीति : सर्वसुलभ, गुणस्तरीय र समावेशी सेवामा जोड”

Leave a Reply

Your email address will not be published. Required fields are marked *