Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अफगानिस्तानमा बस दुर्घटनामा भीषण आगलागी, ७३ को मृत्यु

अफगानिस्तानमा यात्रुबाहक बसमा आगलागी हुँदा कम्तीमा ७३ जनाको ज्यान गएको छ । इरानबाट स्वदेश फर्किरहेका अफगानी नागरिक चढेको बस काबुलतर्फ जाँदै गर्दा मंगलबार राति ठुलो दुर्घटनामा परेको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बीबीसीले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार मृतकमध्ये १७ जना बालबालिका रहेका छन् । घटनामा अन्य केही व्यक्तिहरू गम्भीर घाइते भएको र उनीहरूको अवस्था समेत नाजुक रहेको बताइएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

तालिबान सरकारका सूचना तथा संस्कृति विभागका निर्देशक अहमदुल्ला मुक्तकीका अनुसार तीव्र गतिमा दौडिरहेको बस एक ट्रक र मोटरसाइकलसँग ठोक्किएपछि अचानक आगो लागेको थियो । सो दुर्घटनामा बसभित्र रहेका सबै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ । साथै ठोक्किएका अन्य दुई सवारीसाधनका चालक र यात्रु समेत ज्यान गुमाएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरू प्रायः इरानबाट जबर्जस्ती वा स्वेच्छाले फर्काइएका अफगानी प्रवासी थिए । पछिल्लो केही महिनादेखि इरानले आफ्नो भूमिबाट अफगानी नागरिकलाई तीव्र गतिमा स्वदेश फर्काइरहेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

१९७० को दशकदेखि अफगानिस्तानमा चलेको द्वन्द्व र राजनीतिक अस्थिरताका कारण लाखौँ अफगानी इरान र पाकिस्तान पलायन भएका थिए । अहिले तालिबान सत्तामा आएपछि ठूलो संख्यामा अफगानी नागरिकलाई इरानले निर्वासन गर्दै आएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यस दुर्घटनाले अफगानी प्रवासीहरूको असुरक्षित अवस्थाबारे पुनः चिन्ता बढाएको छ । अधिकारीहरूले पीडित परिवारलाई सहयोग गर्ने आश्वासन दिएका छन् भने घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *