Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

युएईले १२० नेपालीलाई आममाफी, तुरुन्तै स्वदेश फर्कने मार्ग खुला

१ भदौ, विराटनगर । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका १२० नेपालीलाई आममाफी दिएको छ। अबुधाबीस्थित नेपाली दूतावासका अनुसार उनीहरूको बाँकी कैद अवधि माफ गरी छिट्टै स्वदेश फर्कने बाटो खुलेको हो। इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व ‘अल अहाद’को अवसरमा युएई सरकारले यस्तो निर्णय गरेको दूतावासले जनाएको छ। आममाफीपछि नेपाली श्रमिक परिवारहरूलाई ठूलो राहत पुगेको छ भने नेपाल फर्कन तयारी भइरहेको जनाइएको छ। युएई सरकारले प्रत्येक धार्मिक पर्वमा कैदीबन्दीलाई आममाफी दिने परम्परा अवलम्बन गर्दै आएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *