Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

श्रीकृष्ण जन्माष्टमीमा विराटनगरको राधाकृष्ण मन्दिरमा भक्तजनको ठूलो भीड

विराटनगर, ३० साउन । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विराटनगरस्थित राधाकृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ। तीनपैनीस्थित मन्दिरमा कृष्ण भगवानको दर्शन र पूजा अर्चनाका लागि भक्तजनहरू बिहान सबेरैदेखि लाइनमा उभिएका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मन्दिर वरिपरि धार्मिक माहोल अत्यन्त उत्साहपूर्ण देखिएको छ। भजन–कीर्तन, धूप–दीप र फूलमालाले मन्दिर परिसरलाई आकर्षक बनाएको छ भने दर्शनार्थीहरू आ–आफ्नो पालो कुरेर कृष्ण भगवानलाई प्रसाद चढाइरहेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

धार्मिक श्रद्धा र आस्थासहित भक्तजनहरूले कृष्णलाई न्याय, धर्म र सत्यको प्रतीकका रूपमा पूजा गरिरहेका छन्। यसै अवसरमा देशका विभिन्न मन्दिरहरूमा समेत भक्तजनहरूको उल्लेख्य भीड लागेको जनाइएको छ। विराटनगरमा विगत वर्षहरूजस्तै यस वर्ष पनि कृष्ण जन्माष्टमी उल्लासपूर्वक मनाइँदैछ।

Spread the love by sharing this news

3 thoughts on “

Copyright © 2025 expressnewznp

श्रीकृष्ण जन्माष्टमीमा विराटनगरको राधाकृष्ण मन्दिरमा भक्तजनको ठूलो भीड”

Leave a Reply

Your email address will not be published. Required fields are marked *