Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

चार दिनमै सुनको मूल्य २७ सयले घट्यो, चाँदीमा सामान्य वृद्धि

विराटनगर, २८ साउन – लगातारको गिरावटसँगै सुनको मूल्य चार दिनमा प्रतितोला २७ सय रुपैयाँले घटेको छ। गत शुक्रबार इतिहासकै उच्च मूल्य १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको सुन आज (बुधबार) १ लाख ९६ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आजको मूल्य अघिल्लो दिनको तुलनामा थप १ सय रुपैयाँ कम हो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यसबीच चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३२५ रुपैयाँ पुगेको छ, जसमा २० रुपैयाँको वृद्धि हो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सुनको मूल्यमा देखिएको यो गिरावट अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावसँग सम्बन्धित रहेको व्यवसायीहरूको भनाइ छ। उनीहरूका अनुसार, अमेरिकी डलरको दर, वैश्विक आर्थिक संकेतक र सुरक्षित लगानीप्रति मागको स्तरले मूल्य निर्धारणमा प्रत्यक्ष असर पारिरहेको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *