Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

हङ्कङ पुर्‍याउने बहानामा भारत लैजान लागिएका ७ नेपाली किशोरीको उद्धार, दुई तस्कर पक्राउ

विराटनगर, १७ साउन ।
भारत हुँदै हङ्कङ लैजाने बहानामा मानव तस्करीमा परेका सात नेपाली किशोरीको भारतीय प्रहरीले झापा सीमास्थित पानीटङ्की नाकाबाट उद्धार गरेको छ । उनीहरूलाई अवैध रूपमा भारत लैजान खोज्ने दुई जना तस्कर पनि पक्राउ परेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

माइती नेपाल कोशी प्रदेश संयोजक गोविन्द घिमिरेका अनुसार, उद्धार गरिएका सबै किशोरीहरू सङ्खुवासभा जिल्लाका हुन् । भारतको पश्चिम बंगाल अन्तर्गत दार्जीलिङस्थित तोरीबारी निवासी ४१ वर्षीय दिपेश गुरुङ र सङ्खुवासभाको मकालु गाउँपालिका–३ का ६१ वर्षीय जपन गुरुङले ती किशोरीहरूलाई वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै काँकडभिट्टा हुँदै भारतीय भुमि प्रवेश गराएका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

तस्करहरूले किशोरीहरूलाई हङ्कङ लैजाने भन्दै नक्कली कागजात तयार पार्न भारतको सिलिगुढी लैजाँदै गर्दा भारतीय प्रहरीले पानीटङ्की नाकामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । ती किशोरीहरूको आधार कार्डलगायतका कागजात बनाउने योजनामा रहेको खुलासा भएको छ ।

उद्धारपछि किशोरीहरूलाई भारतीय खोरीबारी प्रहरी थानामा राखिएको छ । उनीहरूलाई नेपाल फिर्ता गराउन माइती नेपालका संयोजक घिमिरेको नेतृत्वमा टोली पानीटङ्की पुगे पनि कानुनी प्रक्रिया पूरा नहुँदासम्म फिर्ता सम्भव नहुने जनाइएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यसबीचमा, नेपाली पक्षले औपचारिक जानकारी नपाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । अहिले उद्धार गरिएका किशोरीहरूको स्वास्थ्य परीक्षण तथा कानुनी सहयोगका लागि माइती नेपाल र भारतीय निकायबीच समन्वय भइरहेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मानव तस्करीविरुद्ध सक्रिय माइती नेपालले यो घटनालाई गम्भीर अपराधको रूपमा लिँदै किशोरीहरूको सुरक्षित फिर्ती र दोषीलाई कडा कारबाहीको माग गरेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *