Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

दिल्ली र आसपासका क्षेत्रमा भूकम्पको झट्का, क्षतिको विवरण आउन बाँकी

विराटनगर, २६ असार ।
बिहीबार बिहान भारतको राजधानी नयाँ दिल्ली र त्यस वरपरका क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको छ। भारतीय राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५:३६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्र उत्तर भारततर्फ रहेको जनाइएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भूकम्पको प्रभाव दिल्ली, नोएडा, गुरुग्राम, गाजियाबाद लगायतका क्षेत्रमा व्यापक रूपमा महसुस गरिएको थियो। भूकम्पको समय छोटो भएपनि धेरै बासिन्दा आत्तिएर घर बाहिर निस्किएको बताइएको छ। सामाजिक सञ्जालमा पनि धेरैले बिहानैको भूकम्पको अनुभव सेयर गरेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

हालसम्म कुनै मानवीय क्षति वा भौतिक क्षतिको खबर आइसकेको छैन। यद्यपि, आपतकालीन निकाय र स्थानिय प्रशासनले सम्भावित क्षतिको मूल्यांकन गरिरहेको जनाएको छ।

भूकम्पपछि भारतीय राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (NDMA) ले नागरिकहरूलाई सतर्क रहन तथा अफवाहहरूमा विश्वास नगर्न अनुरोध गरेको छ। साथै, आवश्यक तयारी र सुरक्षा उपायहरू अवलम्बन गर्न पनि आग्रह गरिएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यो भूकम्पले पुनः दिल्ली आसपासको क्षेत्रमा भूगर्भीय संवेदनशीलता उच्च रहेको सावित गरेको छ। स्थानीय सरकारले अनावश्यक डर नमान्न अनुरोध गर्दै भूकम्पपछि कुनै गम्भीर क्षति नभएको स्थिति प्रस्ट पारेको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *