Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भ्याट छली आरोपमा विराटनगरका हार्डवेयर व्यवसायी सौरभ बियानी पुर्पक्षका लागि थुनामा

विराटनगर, असार १८ – विराटनगरका एक प्रतिष्ठित हार्डवेयर व्यवसायी सौरभ कुमार बियानीलाई मूल्य अभिवृद्धि कर (भ्याट) छलीको अभियोगमा कारागार चलान गरिएको छ। ‘न्यू सौरभ ट्रेडिङ्ग’ र ‘बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’का प्रोप्राइटर बियानीले १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी राजस्व छली गरेको आन्तरिक राजस्व कार्यालय, विराटनगरले आरोप लगाएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कार्यालयका अनुसार बियानीविरुद्ध २०८२ साल असार १६ गते थुनुवा पुर्जी जारी गरिएको थियो। सो आदेश कर अधिकृत भवानीप्रसाद दाहालद्वारा हस्ताक्षर गरिएको पत्रमार्फत जारी गरिएको हो। राजस्व अनुसन्धानको क्रममा बियानीले १ अर्ब ३१ करोड ६४ लाख ९८ हजार ५८४ रुपैयाँ बराबरको मूल्य अभिवृद्धि कर छली गरेको तथ्य फेला परेको कार्यालयले जनाएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कर छलीसम्बन्धी मुद्दामा भ्याट ऐन, २०५२ को दफा २३(घ) अनुसार उनलाई थुनामा राख्न सकिने कानुनी व्यवस्था छ। सोही आधारमा उनलाई पक्राउ गरेर मोरङ कारागार चलान गरिएको आन्तरिक राजस्व कार्यालयले पुष्टि गरेको छ। कार्यालयले बियानीलाई सो बराबरको रकम नगद धरौटी वा यथोचित सम्पत्ति जमानत स्वरूप पेश गर्न नोटिस गरेको थियो। तर, उनले समयमै कुनै पनि किसिमको धरौटी वा जमानत पेश नगरेपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो।

सरकारी तथ्यांकअनुसार, पछिल्ला वर्षहरूमा कर छलीसम्बन्धी मुद्दामा कडाइ हुँदै आएको छ। बियानीमाथि लागेको आरोपले पुनः व्यवसायिक क्षेत्रमा कर अनुशासनप्रति गम्भीर प्रश्न उठाएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

राजस्व प्रशासनले यस्ता मुद्दालाई प्राथमिकताका साथ कारबाही अघि बढाइने स्पष्ट पारेको छ। बियानीको विषयमा थप अनुसन्धान जारी रहेको तथा कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढ्ने जनाइएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *