४ असार, विराटनगर। नेपाली बजारमा चाँदीको मूल्य लगातार उकालो लाग्दै नयाँ रेकर्ड बनाएको छ । बुधबार चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि सोमबार २ हजार १६५ र मंगलबार २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार झनै महँगिएको हो ।
यसैबीच, सुनको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ९५ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसको मूल्य १ लाख ९५ हजार रुपैयाँ थियो ।

हालसम्म सुनको उच्चतम मूल्य वैशाख ९ गतेको १ लाख ९७ हजार ९ सय रुपैयाँ हो । सुनचाँदीको मूल्यमा देखिएको चाप विश्व बजारको उतारचढावसँग सम्बन्धित रहेको व्यवसायीहरू बताउँछन् ।
