विराटनगर, २८ जेठ– बुधबार सुनको मूल्यमा प्रतितोला १३ सय रुपैयाँको वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको १ लाख ९० हजार रुपैयाँभन्दा बढी हो।
अघिल्लो केही दिनयता घट्दो क्रममा रहेको सुनको मूल्य पुनः बढ्ने संकेत देखिएको छ। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्वदेशी बजारमा समेत सुनको मूल्यमा चहलपहल देखिएको हो।

त्यस्तै, चाँदीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा स्थिर देखिएको छ। बुधबार पनि चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमै कारोबार भएको हो, जुन अघिल्लो दिनको मूल्यसँग समान हो।
विशेषज्ञहरूका अनुसार सुन र चाँदीको मूल्यमा आगामी दिनमा समेत उतारचढावको सम्भावना रहेको छ।

