Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गभर्नर नियुक्तिमा चलखेलको आशंका, संविधान मिचिएको कोइरालाको आरोप

३ जेठ, विराटनगर — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा गम्भीर प्रश्न उठाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले नियुक्ति प्रक्रियामा चलखेल भएको आशंका व्यक्त गरे।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कोइरालाले रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको सम्भावनाको पनि संकेत गर्दै त्यही आर्थिक प्रवाहलाई संस्थागत गर्न गभर्नरको नियुक्तिमा असर परेको हुनसक्ने बताएका छन्। “मलाई डर लाग्न थालेको छ, कतै गभर्नर नियुक्तिमा पनि चलखेल त भएको होइन?” उनले भने, “सभापतिजीले भने डेमोक्रेट व्यक्ति आउँछन् भनेर आश्वस्त पार्नुभएको छ, तर पनि मनमा चिन्ता छ।”

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले गभर्नर नियुक्ति संविधानविपरीत ढंगले ढिलो गरिएको दाबी गर्दै भने, “संविधानमा गभर्नरको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ नियुक्ति हुनुपर्ने व्यवस्था छ। तर, वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २७ मा सकिएको हो। वैशाख बितिसक्यो, जेठ चलिरहेको छ। यस्तो स्थितिमा देश कसरी चल्छ?”

कोइरालाले गत महिनामात्र करिब २ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको तथ्यांकलाई पनि शंका गर्न लायक देखिएको बताए। वैदेशिक रोजगारबाट आउने वास्तविक रकमभन्दा धेरै रेमिट्यान्स देखिनु अवैध स्रोतबाट पैसा भित्रिएको संकेत हुन सक्ने उनको तर्क छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

देशमा सुशासनको खाँचो र भ्रष्टाचारको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गर्दै उनले दण्डहीनताको संस्कारले जनतामा असन्तुष्टि चुलिएको बताए। “अब भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति दिनैपर्छ,” उनले जोड दिए।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कोइरालाको अभिव्यक्तिले गभर्नर नियुक्ति प्रक्रिया र त्यसमा पार्ने राजनीतिक प्रभावको विषयमा नयाँ बहस सुरु भएको देखिएको छ। विपक्षी नेताले उठाएको प्रश्नले सरकारलाई पारदर्शिता कायम गर्न दबाव पनि सिर्जना गरेको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *