Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

टेरामक्स प्रकरणमा ३ अर्बभन्दा बढी भ्रष्टाचार आरोप : पूर्वमन्त्री मोहन बस्नेतसहित १८ जनाविरुद्ध मुद्दा दायर

टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता तथा पूर्वसूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतसहित १५ जना व्यक्ति र तीन कम्पनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अख्तियारको केन्द्रीय कार्यालय टंगालले बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै सार्वजनिक कोषमा तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँभन्दा बढी बिगो भएको दाबी गरेको हो। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टेरामक्स प्रणाली खरिदका लागि परामर्शदाता छनोट गर्दा अयोग्य कम्पनीलाई गलत विवरणसहित चयन गरिएको थियो। त्यस आधारमा अनियमित सम्झौता गरी राज्यलाई ठगी गरिएको अख्तियारको ठहर छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

प्रतिवादीहरूमा पूर्वमन्त्री बस्नेतसँगै नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, अन्य पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवती राय पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद वस्ताकोटी, अच्युतानन्द मिश्र, निर्देशक सुरेन्द्रलाल हाडा, दीपेश आचार्य र उपनिर्देशक सन्दिप अधिकारी छन्।

यसैगरी परामर्शदाता कम्पनी भानराइज सोलुसन एसएएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जमल अनौती, उक्त कम्पनीका स्थानीय एजेन्ट कनेक्शन ट्रेड लिंक प्रालि र त्यसका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलसमेत प्रतिवादी सूचीमा छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अख्तियारले टेरामक्स प्रणाली खरिद प्रक्रिया प्रारम्भदेखि नै नियतवश योजना बनाएर भ्रष्टाचार गरिएको दाबी गर्दै संलग्न सबैमाथि कानुनी कारबाही माग गरेको छ। यस प्रकरणले नेपालको दूरसञ्चार क्षेत्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *