Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सीमा क्षेत्रमा पाकिस्तानको हवाई हमला, भारतले भन्यो– शान्तिमा विश्वासघात

भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेदेखि युद्धविरामको सहमति भएको केही घण्टामै पाकिस्तानले युद्धविराम उल्लंघन गरेको आरोप भारतले लगाएको छ। भारतीय समाचार संस्था ‘हिन्दुस्तान टाइम्स’का अनुसार युद्धविराम लागू भएलगत्तै जम्मू-कश्मिरको सीमा क्षेत्रमा पाकिस्तानले हवाई आक्रमण गरेको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

जम्मू-कश्मिरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले पाकिस्तानबाट भएको आक्रमणबारे प्रमाणस्वरूप भिडिओ सार्वजनिक गरेका छन्। उनले आक्रमण श्रीनगर र सीमावर्ती क्षेत्रमा भएको बताएका छन्। भिडिओमार्फत उनले पाकिस्तानले युद्धविरामको उल्लंघन गर्दै सीमामा गम्भीर तनाव उत्पन्न गरेको दाबी गरेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मुख्यमन्त्री अब्दुल्लाहले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै भने, “पाकिस्तानले युद्धविरामको सहमतिको अवज्ञा गर्दै हाम्रो सुरक्षाबल र सर्वसाधारण नागरिकमाथि आक्रमण गरेको छ। यो निन्दनीय छ।” उनका अनुसार आक्रमणपछि श्रीनगर लगायतका क्षेत्रहरूमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।

भारत सरकारले पाकिस्तानको आक्रमणपछि जम्मूमा विद्युत आपूर्ति बन्द (ब्ल्याकआउट) गरेर संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ। भारतीय सेनाले पनि तत्काल प्रतिक्रिया दिँदै प्रतिरक्षा प्रणाली सक्रिय पारेको जनाइएको छ। सीमा क्षेत्रमा हवाई निगरानीसमेत बढाइएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भारतको गृह मन्त्रालयले पनि पाकिस्तानको यो कदमलाई अन्धाधुन्ध उत्तेजनात्मक कार्य भन्दै कडा विरोध जनाएको छ। मन्त्रालयका अनुसार भारतले बारम्बार शान्ति स्थापनाको प्रयास गर्दा पनि पाकिस्तानले लगातार युद्धविराम उल्लंघन गर्दै आएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यस घटनाले भारत-पाकिस्तानबीचको द्वन्द्व पुनः चर्किने संकेत देखिएको छ। पछिल्ला दिनमा दुबै देशबीच सम्बन्धमा केही सुधारको संकेत देखिँदै गर्दा यस्तो आक्रमणले शान्तिप्रयासमा ठूलो धक्का पुगेको विश्लेषणकर्ता बताउँछन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

दुबै देशका उच्च सुरक्षा अधिकारीहरूले स्थिति मूल्याङ्कन गर्दै प्रतिक्रिया रणनीति तय गर्न उच्चस्तरीय बैठक थालेका छन्।

Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *