Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै व्यवसायीको धर्ना

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै रूपन्देहीका उद्योगी व्यवसायीहरू धर्नामा उत्रिएका छन्। निजी क्षेत्रका विभिन्न संघसंस्था र उद्योगीहरूले बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना तथा प्रदर्शन गरेका हुन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनीहरूले सरकारको गैरजिम्मेवार रवैयाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएको आरोप लगाएका छन्। उद्योग व्यापार संगठन रूपन्देहीको अगुवाइमा आयोजित धर्नामा चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघलगायत विभिन्न व्यवसायिक संघसंस्थाले ऐक्यबद्धता जनाएका थिए।

धर्नामा सहभागी व्यवसायीहरूले “विमानस्थल सञ्चालन गर”, “अन्तर्राष्ट्रिय उडान तत्काल सुरू गर” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले विमानस्थल सञ्चालनका लागि आवश्यक म्यानपावर, भिसा तथा मेडिकल सेन्टर तत्काल स्थापना गर्न माग गरेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले सरकारको प्रतिबद्धता बारम्बार विपरीत गएको भन्दै जनतालाई जवाफ दिन माग गरे। उद्योगी व्यवसायीहरूले सरकारका ज्ञापनपत्र र छलफल कार्यक्रमले काम नगरेपछि बाध्य भएर आन्दोलन चर्काउन थालेको जनाएका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गत वर्षको दबाबपछि केही समय उडान सञ्चालन भएको भए पनि हाल अन्तर्राष्ट्रिय उडान पुनः बन्द भएपछि व्यवसायीहरू चिन्तित बनेका छन्। चैत्र १८ गतेदेखि सबै उडान स्थगित भएपछि स्थिति झन् गम्भीर बनेको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.
Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *