Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

शिवप्रसाद ढकाल संस्थापन पक्षबाट मोरङ कांग्रेस सभापतिमा एकल उम्मेदवार, इतर पक्षबाट कोइराला र श्रेष्ठको प्रतिस्पर्धा

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मोरङ,— नेपाली कांग्रेस मोरङको सभापति पदका लागि आगामी अधिवेशनको तयारी सुरु भइसकेको छ, यद्यपि अधिवेशनको मिति भने अझै टुंगो लागेको छैन। यसैबीच, सभापति पदका लागि तीन जनाले औपचारिक रूपमा दावेदारी प्रस्तुत गरेका छन्। तीमध्ये एक जना संस्थापन पक्षका हुन् भने दुई जना संस्थापन इतर पक्षका उम्मेदवार हुन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

संस्थापन पक्षबाट शिवप्रसाद ढकाल एकल उम्मेदवार बन्ने लगभग निश्चित भएको छ। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाका विश्वासपात्र ढकाललाई सभापतिमा अगाडि सार्न संस्थापन पक्षले रणनीति तयार गरिसकेको छ। सभापति पदको दौडमा रहेका दिलीप गच्छदारलाई केन्द्रीय समिति वा कोशी प्रदेश समितिमा सम्मानजनक पद दिने आश्वासन दिएर ढकाललाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयास भएको हो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

संस्थापन इतर पक्ष अर्थात् संघीय सांसद डा. शेखर कोइरालाको नेतृत्वमा रहेको समूहबाट भने दुई जना दाबेदार देखिएका छन् — नागेश कोइराला र ललित श्रेष्ठ। कोइराला हाल नेपाली कांग्रेस मोरङका उपसभापति हुनुका साथै विराटनगर महानगरपालिकाका मेयर पनि हुन्। श्रेष्ठ भने कांग्रेस मोरङको सचिव पदमा कार्यरत छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अधिवेशनको मिति नतोकिए पनि तीनै जना उम्मेदवारले आन्तरिक तयारी र समर्थकहरूको समर्थन जुटाउन थालिसकेका छन्। मोरङ कांग्रेसको नेतृत्वमा परिवर्तन ल्याउने होडबाजीसँगै पार्टीको आन्तरिक शक्ति सन्तुलनमा पनि असर पर्ने अपेक्षा गरिएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कांग्रेसको आन्तरिक समिकरणमा मोरङ जिल्ला महत्वपूर्ण मानिने भएकाले सभापति पदको यो प्रतिस्पर्धा केन्द्रीय तहसम्मको ध्यान केन्द्रित गराउने अनुमान विश्लेषकहरूले गरेका छन्। आगामी दिनमा संस्थापन र इतर पक्षबीचको सन्तुलनले चुनावी मोड तय गर्नेछ।

Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *