Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

विराटनगरमा एक अर्बको लगानीमा अत्याधुनिक औषधि उद्योग स्थापना

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

विराटनगर, मोरङ — मोरङको बुढीगंगा गाउँपालिका–२ वाइपास रोडमा एक अर्ब रुपैयाँको लगानीमा ‘एलेक्सा लाइफ साइन्सेस’ नामक औषधि उद्योग स्थापना गरिएको छ। दिनेश ठाकुर र रन्जित भगतको संयुक्त लगानीमा स्थापना भएको उद्योगले रक्तमार्फत शरीरमा प्रवाह गरिने (इलेक्ट्रोरल) औषधि उत्पादन गर्नेछ। एभरेष्ट बैंकको ६० करोड रुपैयाँ सहित साझेदारको ४० करोड लगानीमा सञ्चालनमा आएको उद्योगमा हालसम्म ७५ करोडको लगानी भइसकेको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उद्योगले जर्मन प्रविधिका अत्याधुनिक मेसिन प्रयोग गरी एलभीपी (Large Volume Parenterals) तथा एसभीपी (Small Volume Parenterals) औषधि उत्पादन गर्नेछ। पहिलो चरणमा १०० एमएलदेखि ३००० एमएलसम्मका एलभीपी औषधिहरू उत्पादन गरिनेछ भने दोस्रो चरणमा १ एमएलदेखि २० एमएलसम्मका एसभीपी औषधिहरू उत्पादन गरिनेछ। तेस्रो चरणमा आँखा र कानको ड्रप उत्पादन गर्ने योजना छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप स्थापना गरिएको उद्योगको उत्पादन साउनदेखि बजारमा आउने लक्ष्य राखिएको छ। उद्योगबाट प्रारम्भमा १५० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्। सञ्चालक ठाकुरले स्वदेशी औषधि उत्पादनलाई प्रवर्द्धन गर्न सरकारले आयातमा निर्भरता घटाउने नीतिगत सुधार गर्नुपर्ने माग गरेका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Spread the love by sharing this news

Leave a Reply

Your email address will not be published. Required fields are marked *